Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पशुपतिमा भारतीय जोगीको बितण्डा : वाईफाई चाहियो भन्दै हल्ला, भक्तजनमाथि कुटपिट

Posted on February 19, 2023

काठमाडौं । महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले हिजो पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले यसरी दर्शनार्थीमाथि जाइलागेका थिए । भिडिओमा बाबाहरूले दक्षिणा थोरै भएको भन्दै आक्रोश व्यक्तगरेको पनि सुनिन्छ ।

हरेक वर्ष महाशिवरात्रिमा भारतबाट हजारौँको संख्यामा नागाबाबा र जोगीहरू आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले उनीहरूको रेखदेख मात्रै होइन केही दिनको खान बस्ने व्यवस्था गरेको हुन्छ । साथै केही दक्षिणासमेत दिएर बिदा गर्छ ।

महाशिवरात्रिका दिन पशुपति क्षेत्रका विभिन्न निर्धारित स्थानमा नागाबाबाहरु बस्छन् । उनीहरूलाई भक्तजनहरूले पैसा दान पनि गर्छन् । तर यस्ता नागाबाबाहरुको हर्कत भने सामान्य खालका हुँदैनन् । हरेक शिवरात्रिमा उनीहरू दक्षिणको विषयलाई लिएर लफडा गर्छन् । महिला भक्तजनप्रति अभद्र तरिकाले प्रस्तुत हुन्छन् । यसपालि त उनीहरूले झनै अराजकता देखाए ।

सोही क्रममा एक नागाबाबाले युट्यूव च्यानलमा आपत्तिजनक अभिव्यक्तिहरू समेत दिए । भारतकै रोटी खाएर बाँचेका नेपालीहरूले आफूहरूलाई अपमान गरेको भन्दै उनी जंगिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । ‘कतिपय साधुले हामीलाई वाइफाइ चाहियो, इन्टरनेटको सुविधा भएन भनेर पनि कराइरहेका थिए । यस्तो भौतिक सुविधा खोज्नेहरूलाई कसरी व्यवस्थापन गर्ने ?’ उनले भने । हिजो नागाबाबाको आक्रमणमा परेका व्यक्ति सामान्य भक्तजन भएको अधिकारीले जानकारी दिए ।

Post Views: 188

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme