Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बिहे गर्न वडाको सिफारिस चाहिने स्थानीय सरकारको नियम कति छ जायज?

Posted on February 19, 2023

दाङ, फागुन ७

सल्यानको कपुरकोट गाउँपालिकाले बिहे गर्नुअघि वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँसभाले पारित गरेको यस्तो नियम विवादमा परेको छ।
गत माघ २५ देखि २७ गतेसम्म चलेको गाउँसभाले वडाको सिफारिस नलिई कसैले पनि बिहे गर्न नपाउने नियम पारित गरेको हो। बालविवाह रोक्ने उद्देश्यले उक्त नियम बनाइएको गाउँपालिकाका पधाधिकारीहरूको भनाइ छ।

कसैले वडाको सिफारिसविना बिहे गरेमा बिहे दर्ता नगर्ने, गाउँपालिकामा दस्तुर दोब्बर लाग्ने जस्ता नियम गाउँसभाले बनाएको छ। यो नियम संविधान र कानूनले दिएका नागरिक अधिकारको विपरीत भएको भन्दै कतिपयले आलोचना गरेका छन्।

बालविवाह न्यूनीकरण गर्ने उद्देश्य राखिए पनि यो नियमअन्तर्गत राज्यले व्यक्तिको निजी जीवनमा नियन्त्रण गर्ने भएकाले गलत भएको तर्क स्थानीय बुद्धिजीवीहरूको छ।

यो नियमले व्यक्तिको मौलिक अधिकार हनन गर्ने जिकिर गर्नेमध्ये एक हुन् नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, किमुचौर, सल्यानका शिक्षक श्यामकुमार केसी।

‘गाउँपालिकाले बिहे गर्न सिफारिस दिने कुरा मौलिक अधिकारको हनन हो। यो कदापि सही मान्न सकिन्न,’ उनले भने, ‘बालविवाह न्यूनीकरण गर्न जनचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुको साटो बिहे गर्न सिफारिस अनिवार्य गर्नु संविधान विपरीतको काम हो।’

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ काम गर्न खोजिए पनि यो निर्णय वैयक्तिक स्वतन्त्रताको विपरीत भएकाले गलत भएको उनको भनाइ छ।सल्यानको कपुरकोट गाउँपालिकाले बिहे गर्नुअघि वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँसभाले पारित गरेको यस्तो नियम विवादमा परेको छ।

गत माघ २५ देखि २७ गतेसम्म चलेको गाउँसभाले वडाको सिफारिस नलिई कसैले पनि बिहे गर्न नपाउने नियम पारित गरेको हो। बालविवाह रोक्ने उद्देश्यले उक्त नियम बनाइएको गाउँपालिकाका पधाधिकारीहरूको भनाइ छ।

कसैले वडाको सिफारिसविना बिहे गरेमा बिहे दर्ता नगर्ने, गाउँपालिकामा दस्तुर दोब्बर लाग्ने जस्ता नियम गाउँसभाले बनाएको छ। यो नियम संविधान र कानूनले दिएका नागरिक अधिकारको विपरीत भएको भन्दै कतिपयले आलोचना गरेका छन्।

बालविवाह न्यूनीकरण गर्ने उद्देश्य राखिए पनि यो नियमअन्तर्गत राज्यले व्यक्तिको निजी जीवनमा नियन्त्रण गर्ने भएकाले गलत भएको तर्क स्थानीय बुद्धिजीवीहरूको छ।

यो नियमले व्यक्तिको मौलिक अधिकार हनन गर्ने जिकिर गर्नेमध्ये एक हुन् नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, किमुचौर, सल्यानका शिक्षक श्यामकुमार केसी।

‘गाउँपालिकाले बिहे गर्न सिफारिस दिने कुरा मौलिक अधिकारको हनन हो। यो कदापि सही मान्न सकिन्न,’ उनले भने, ‘बालविवाह न्यूनीकरण गर्न जनचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुको साटो बिहे गर्न सिफारिस अनिवार्य गर्नु संविधान विपरीतको काम हो।’ बालविवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ काम गर्न खोजिए पनि यो निर्णय वैयक्तिक स्वतन्त्रताको विपरीत भएकाले गलत भएको उनको भनाइ छ।

Post Views: 309

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme