Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘ब्वायफ्रेण्ड छैन, कहिल्यै केटाको हात समातेकी छैन’ भन्दै युवती रून थालेपछि…

Posted on February 20, 2023

काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको भावुक भिडियो भाइरल भइरहेको छ । यसमा महिलाले आफ्नो कथा सुनाउँदै आँसु झारेकी छिन् । ती महिलाले आफ्नो जीवनमा कहिल्यै प्रेमी नभएको बताएकी छिन् ।

ती महिला यहीँ रोकिइनन्, रुँदै उनले जीवनमा कुनै केटाको हात पनि समात्न नपाएको बताइन् । महिलाको यो घटनालाई लिएर मानिसहरुले फरक फरक प्रतिक्रिया पनि दिइरहेका छन् ।

‘द इन्डिपेन्डेन्ट’को रिपोर्टका अनुसार भाइरल भिडियो चीनको सांघाई सहरमा बस्ने २८ वर्षीया महिलाको हो । जुन यो हप्ताको सुरुमा भाइरल भएको थियो। भिडियोमा देखिएकी महिलाको पहिचान भने खुलाइएको छैन । भिडियोमा यी महिला आफ्नी भाउजुसँग कुरा गरिरहेको देखिन्छ ।

भिडियोमा उनी भनिरहेकी छिन्– म आफ्नो जीवनमा हरेक दिन दबाब महसुस गर्छु । मैले आजसम्म कसैको हात समातेको छैन । मैले सम्बन्धको बारेमा धेरै प्रयास गरे। म ब्लाइन्ड डेटमा गएँ तर माया पाउन सकिन। यो भिडियोमा महिला लगातार रोइरहेकी छिन् ।

साङ्घाईमा बस्ने यी महिलाले उनको एकल सम्बन्धलाई लिएर उनका अभिभावक पनि चिन्तित रहेको बताइन् । यो भाइरल भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– म उनीभन्दा २ वर्ष जेठी छु, यस्तो अवस्थामा उनले कस्तो तनावको सामना गरिरहेकी छिन् । म यो बुझ्न सक्छु। अर्की महिलाले लेखेकी छिन्– ‘म पनि यस्तै अवस्थाको सामना गरिरहेको छु… मेरा अभिभावकले पनि मलाई दबाब दिइरहेका छन् ।

सन् २०१९ मा दुई चिनियाँ कम्पनीले अनौठो घोषणा गरेका थिए । त्यसपछि यी दुई कम्पनीले ३० वर्षभन्दा माथिका एकल महिला कर्मचारीले वर्षमा आठ दिन डेटिङ बिदा पाउने बताएका थिए । त्यसपछि एकल महिला कर्मचारीले यो निर्णयमा निकै खुसी व्यक्त गरेका थिए ।

Post Views: 278

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme