Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१७ वर्षमा एकल, ३५ वर्षमा पुनः विवाह

Posted on February 20, 2023

नेपालगन्ज : चाडपर्वमा परिवार रमाउँदा उनी कोठा थुनेर एक्लै बस्थिन् । खुसी बाँड्ने र दुःख सुन्ने उनका कोही थिएनन् । १५ वर्षको उमेरमा विवाह गरिन्, १७ वर्षको उमेरमा एकल भइन् । भएको एउटै छोरा पनि १५ वर्षको उमेरमा गुमाइन् ।

एकल जीवन बिताइरहेकी जयन्ती खत्रीले ३५ वर्षको उमेरमा पुनःविवाह गरेकी छन् । शनिबार दैलेख घर भएका नन्द विष्टसँग उनले पुनःविवाह गरेकी हुन् ।

पुनः विवाह समारोहमा सामेल घर र माइती पक्षका सबैले नयाँ जीवनका लागि जयन्तीलाई शुभकामना दिए । आमाबुवाले कन्यादान गरेर जयन्तीलाई बिदाइ गरे । स्वर्गीय पूर्वपतिका आफन्त पनि विवाहमा सरिक भएर बधाई दिए । कुनै चलचित्रजस्तो लाग्ने जयन्तीको कथा भने निकै कठोर छ ।

२०६१ सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन नेपाली सेनामा कार्यरत उनका पति दोहोरो भिडन्तमा मारिएका थिए । त्यो अभावलाई उनले कहिल्यै भुल्न सकिनन् । तर, जीवन जिउनका लागि केही सीप सिक्ने निर्णय गरिन् । आफूजस्तै महिला भेटेपछि उनलाई आफ्नो पीडाभन्दा अर्काको पीडाले बढी दुख्न थाल्यो ।

२०६२ सालमा एकल महिलाको समूहमा संगठित भइन् । द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी निवर्तमान अध्यक्ष जयन्ती खत्रीले एकल महिला संघको नेतृत्व गर्दै धेरै एकल महिलाको सहारा बनेकी थिइन् ।

सामाजिक अभियानमा जोडिंदै उनी अहिले नेपालगन्ज उपमहानगर–९ को महिला वडा सदस्य पनि छन् । एकल महिलाको भावना अनि समस्यालाई राम्रोसँग बुझ्न मात्र होइन, महसुस गर्न पनि विभिन्न जिम्मेवारीले सिकाएको उनले बताइन् । शोकलाई शक्तिमा बदल्दै जीवन जिउन सकिन्छ भन्ने उदाहरण द्वन्द्वको मारमा परेका महिलाको सहारा बनेर उनले देखाइएकी छन् । अरूको दुःख र भावना अनुभूत गर्दा आफ्ना चाहना र भावना भुल्दै गएको उनले बताइन् ।

‘मैले पूरै जीवन एक्ल भएर बाँचें । अहिले एउटा सहारा मात्र होइन, मन मिल्ने मान्छे भेटेपछि विवाह गर्न राजी भएँ,’ बेहुली बनेर मण्डपमा बसेकी जयन्तीले भनिन् । आफ्नो पुनःविवाह कुनै परिवर्तन गर्न वा कसैलाई देखाउनका लागि नभई आफ्नो खुसी रोज्ने अधिकारको प्रयोग मात्र गरेको उनले बताइन् ।

‘समाज बदल्न वा सबै एकल महिलाले पुनःविवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न मैले पुनःविवाह गरेकी होइन,’ उनले भनिन्, ‘तर तपाईं कसैका लागि पनि आफ्नो खुसी खुम्च्याएर नबस्नुस् भन्न भने चाहन्छु ।’ २० वर्षदेखि विभिन्न कारणले श्रीमान् गुमाएका एकल महिलाका अधिकारका लागि वकालत गर्दै आएकी द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी संस्थापक अध्यक्ष शोभा बीसी एकल महिलाको पुनःविवाह समाजका लागि उदाहरण भएको बताउँछिन् ।

‘सहारा गुमाएकाहरू अहिले एकअर्काको सहारा बनेका छन् । यो आफैंमा खुसीको कुरा हो,’ उनले भनिन्, ‘यसले समाजमा विकृति ल्याउने होइन, समाजमा राम्रो सन्देश दिनेछ ।’ नेपालगन्ज उपमहानगर– ९ का वडाध्यक्ष गोविन्द रेग्मीले यो अभियान सानो कुरा नभएको बताए ।

Post Views: 150

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme