Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

“प्रेमगीत ३” ले ३ दिनमा कति करोड कमायो ?

Posted on September 26, 2022

काठमाडौं, असोज १० गते । चलचित्र ‘प्रेमगीत-३’ विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ ।

‘प्रेमगीत-३’ का निर्माण पक्षका अनुसार ‘प्रेमगीत ३’ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ कमाएको हो ।

हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ । प्रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।

भारतमा पनि सीमित सो मात्रै पाएको छ, ‘प्रेमगीत-३’ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रलाई लिएर विवाद चर्किएको थियो ।

चलचित्रको बारेमा चलचित्र विकास बोर्डसँगै कलाकार दीपक राज गिरी, सरोज खनाल र प्रेमगीतका टिम र सदाबहार नायिका करिश्मा मानन्धरसमेत आफ्नो प्रतिक्रिया राख्नुभएको हो ।

यस्तै, चलचित्रको हिन्दी संस्करणमा पनि आजबाट रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।

Post Views: 92

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme