क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डि’फ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले ब’लात्का र आ’रोप लागेका लामिछानेविरु’द्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस जारीपछि इन्टरपोल सदस्य रहेका राष्ट्रबाट उनलाई प’क्राउ गर्न सहज हुनेछ । इन्टरपोलमा १ सय ९५ देश आबद्ध छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले लामिछानेविरु’द्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएको जानकारी दिए । ‘लामिछानेमाथिको आरो’पमा प्रहरीले अनुसन्धान गरिरहेकै छ, उनी विदेशमा रहेका कारण प्रहरीको आग्रहमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको हो,’ केन्द्रीय प्रहरी प्रवक्ता राईलेभने ।
लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत ‘आफू अस्वस्थ भएका कारण आइ’सोलेसनमा रहेको’ बताएका थिए । उनले पछिल्लो घटनाक्रमले ‘आफू शारीरिक र मानसिक रूपमा वि’क्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर ब’लात्का रवि’रुद्धको मु’द्दाको प्र’तिवाद गर्ने’ बताएका छन् ।
इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएपछि ती सदस्य देशका प्रहरीले लामिछानेको खोजी गर्न बाटो पाएका छन् भने उनलाई भेटेमा प’क्राउ गरी स्वदेश पठाउन सहज हुनेछ ।
यसअघि, लामिछानेलाई प’क्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट प’क्राउ पु’र्जी पाइसकेको छ । तर, प्रहरीले विदेशमा रहेका लामिछानेलाई प’क्राउ गर्न असहज भएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको हो ।
लामिछोनेविरु’द्ध १७ वर्षीया ना’बालिग किशोरीले गौशाला प्रहरी वृत्तमा गत ५ भदौ राति ब’ला’त्कार गरेको भन्दै २१ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई प’क्राउ गर्न अनुमतिसमेत लिएको थियो भने देशका सीमा नाका र अन्तर्राष्टिय विमानस्थल तथा अध्यागमन कार्यालयलाई समेत प्रहरीले लामिछानेमाथि निग’रानी राख्न भनेको थियो ।
प्रहरीले नेपाल फर्किएको अवस्थामा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ गर्नेगरी समेत तयारीमा बसेको थियो । यसका लागि काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँगसमेत समन्वय गर्दै आइरहेको थियो । उनी स्थलमार्गबाट आए भने पनि जुनसुकै स्थानमा प’क्राउ गर्ने गरी प्रहरीले तयारी गरिरहेको थियो ।
प्रहरीको इन्टरपोल शाखाका एक उच्च तहका अधिकारीका अनुसार लामिछानेका विषयमा अनुसन्धान गरिरहेको निकायले इन्टरपोलमार्फत समन्वय गरेरसमेत उनलाई विदेशबाटै प’क्राउ गर्न सहजीकरणका लागि आग्रह गरेको जानकारी दिए ।
‘अनुसन्धान गरिरहेको निकायले माग गरे इन्टरपोलले सहजीकरण गरेर विदेशबाट लामिछानेलाई प’क्राउ गर्न सक्छ, प्रक्रिया सोहीअनुसार अघि बढेको हो,’ इन्टरपोलका एक प्रहरी अधिकारीले भने ।
प्रहरीले आरोपीवि’रुद्ध परेको जा’हेरीका आधारमा ‘डिफ्युजन नोटिस’ जारी गरेर स्वदेश झिकाउने प्रक्रिया अघि बढाउन सक्छ ।
त्यस्तै, आ’रोप पुष्टि हुने यथेष्ट प्रमाण पुगेको अवस्थामा भने लामिछानेमाथि ‘रेड नोटिस’ पनि जारी हुन सक्छ । तर, ‘रेड नोटिस’ जारी गर्न भने प्रहरीले आवश्यक प्रमाण पु¥याउनैपर्छ । राजधानी दैनिकमा समाचार छ ।