Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बुवाको स्वर्गवासपछि मेरो नाममा आएको जग्गामा सानो घर बनाएर आजै छिरेँ – प्रचण्ड

Posted on September 27, 2022

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड आजै आफ्नो नवनिर्मित घरमा प्रवेश गरेका छन्। उनले उक्त घर बनेको जमिन बुवाको नामबाट आफ्नो नाममा आएको बताएका छन्।

सोमबार चितवनमा आयोजित बृहत इन्द्रेणी समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो बुवाको नाममा रहेको जग्गा बुवाको स्वर्गवासपछि आफ्नो नाममा आएको र सोही जग्गामा सानो घर बनाएर प्रवेश गरेको बताएका हुन्।

उनले भने, ‘बा बितेपछि उहाँका नाममा भएको जग्गा प्राप्त गरेँ। त्यहाँ एउटा सानो घर बनाएको छु। आजै म त्यो घरभित्र छिरेँ। म फेरी ४० वर्षपछि तपाईंहरुकै काखमा छु। तपाईंहरुको सुखदुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।’

अध्यक्ष प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट आएको, नारायणीमा पुल बनेको, ठूल्ठूला ढल निकासका परियोजना, नारायणी र राप्तीमा तटबन्धन बनाइएको बताउँदै खर्बौंको योजना ल्याएर देश विकास गर्ने बताए।

क्रान्ति, शान्ति र संविधानका लागि आफ्नो अधिकांश समय व्यतित भएको भन्दै अब बाँकी जीवन देशको आर्थिक समृद्धिमा लगाउने अध्यक्ष प्रचण्डले बताए।

उनले आफू हाल प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बढी भूमिकामा रहेको दाबी गरे। उनले भने, ‘अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन।’

Post Views: 34

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme