Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अब सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा छुट पाउने

Posted on September 27, 2022

काठमाडौं, ११ असोज । अबदेखि बिद्यार्थीहरुले सरकारी अस्पतालको टिकटमा छुट पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

गत असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री खापुङले परिचयपत्रको आधारमा विद्यार्थीलाई छुटको व्यवस्था गर्ने गरेका हुन ।

कान्ति बाल अस्पताल, महाराजगञ्ज, डडेलधुरा अस्पताल, डडेलधुरा,भरतपुर अस्पताल, चितवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकू, परोपकार प्रसुती तथा स्वीरोग अस्पताल, भेरी अस्पताल, नेपालगञ्ज, नारायणी अस्पताल, वीरगन्ज, आयुर्वेद नरदेवी, कोशी अस्पताल, विराटनगर,गजेन्द्र नारायण सिंह अस्पताल,राजविराज, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, भक्तपुर, शहिद गंगालाल हृदय केन्द्र, बाँसबारी, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, पशुपति होमियोप्याथी तथा युनानी औषधालय, बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट विद्यार्थीहरुले छुट पाउने मन्त्रालयले जनाएको छ।

त्यस्तै,मन्त्रालयको अनुसार राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्ध, जी.पी.कोइराला राष्ट्रिय श्रासप्रश्वास केन्द्र, तनहुँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग नियन्त्रण केन्द्र ठिमी, मानसिक अस्पताल, लगनखेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरबाट विद्यार्थीहरुले परिचयपत्रको आधारमा छुट पाउनेछन् ।

Post Views: 57

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme