Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दसैंमा विदेशबाट फर्किँदै हुनुहुन्छ? के-के ल्याउन पाइन्छ, के-केमा तिर्नुपर्छ भन्सार?

Posted on September 28, 2022

विदेशबाट दसैं मनाउन घर फर्किँदै हुनुहुन्छ? आफूलाई आवश्यक र मनपरेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ।

कुनकुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन? कुन सामग्री ल्याउँदा कति भन्सार लाग्छ त?

नेपाल सरकार अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।
लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान।
उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि
शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी।
सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रूपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना।
ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान।
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान।
पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप)।
खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू)
सात किलोग्रामसम्म खाद्य परिकार।
मदिरा एक लिटरसम्मको एक बोतल।

भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाईन्छ !

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका देहाय बमोजिममा सबै वा कुनै मालसामान लाग्ने महशुल तिरी ल्याउन पाइन्छ।
टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक/एक सेट।
शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान।
घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई/दुई थान।

दस किलोसम्म खाद्य परिकार।
व्यावसायिक पेसामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।

नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान

यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ।

माथिको सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महशुल लाग्नेछ।

छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रूपैयाँसम्म।
एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा २५ हजार रूपैयाँसम्म।
१६ वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको ५० प्रतिशत शुल्क तिर्नु पर्नेछ।

विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ।

यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा प्रति दस ग्रामको नौ हजार पाँच सय रूपैयाँ, थप ५० ग्रामसम्म प्रति दस ग्रामको दस हजार पाँच सय रूपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

Post Views: 22

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme