अमेरिकाको क्यालिफोर्निया राज्यको एक कारागारमा आजीवन कैद सजाय पाएका ४१ बर्षिय कौशल निरौलाको अर्का कैदीसँग झगडा हुँदा मृत्यु भएको छ ।
क्यालिफोर्नियाको पाम स्प्रिङ्स शहरमा भएको हत्या काण्डमा अभियुक्त ठहर गरिएका निरौला थरका नेपाली मूलका बन्दीगृहमा मृत फेला परेको समाचार लस एन्जेलस टाइम्सले समाचार लेखेको छ ।
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार सेप्टेम्बर ६ मंगलबार रिभरसाइड कारागारमा उनि मृत फेला परेको बताएको छ ।
विभागका अनुसार ४१ वर्षीय कौशल निरौला दिउँसो स्थानीय समय अनुसार २ः३० बजे बेवारिसे अवस्थामा फेला परेका थिए । घटना गत सेप्टेम्बर ६ मगलबारका दिन कोइस एम बर्ड कारागारमा राखिएको बेला भएको थियो ।
विभागका अनुसार झ्यालखानामा राखिएका ६१ वर्षीय रोडनी सान्चेजसँगको झगडापछि निरौलालाई गम्भीर चोट लागेको थियो। सान्चेजलाई निरौलाको मृत्युमा हत्याको आरोप लगाइएको समाचार विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस वर्ष रिभरसाइड काउन्टी कारागारमा १२ औ कैदीको मृत्यु भएको छ ।
लस एन्जेलस टाइम्सका अनुसार निरौलालाई २०१२ मा पूर्वनियोजित हत्याको दोषी ठहराइएको थियो । पाम स्प्रिंग्स घरमा धनी कला व्यापारी ७४ वर्षीय क्लिफर्ड ल्याम्बर्टलाई छुरा प्रहार गर्ने योजना बनाउन र त्यहाँ उपस्थित भएकोमा आजीवन कारावासको सजाय सुनाइएको थियो।
निरौलाको सजाय २०१८ मा उल्टिएको थियो र नया सुनुवाई हुने वाला थियो। निरौलाको पुन: सुनुवाईको लागि मिति तोकिएको थिएन, तर निरौला गत सेप्टेम्बर ९ का दिन शुक्रबार अदालतमा उपस्थिति समय तोकिएको थियो भनि लस एन्जेलस टाइम्सले उल्लेख गरेको छ ।
तस्बिर कृतज्ञता : कौशल निरौलाका परिवार/ लस एन्जेलस टाइम्स