Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दँशैको मुखैमा पल्टियो बिहेको जीप : ८ जनाको मृत्यु, एक घाइते

Posted on September 28, 2022

सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् ।बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै
नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुट्कारा पाउन चन्द्रघण्टा देवीलाई पूजिन्छ ।

चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ । दुधका परिकारहरू चढाउँदा देवी प्रशन्न हुने जनविश्वास छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

Post Views: 38

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme