Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

तीन महिनाअघि फ्रान्स पुगेकी सानुमायाकाे रहस्यमय मृत्यु

Posted on September 28, 2022

फ्रान्समा एक नेपाली महिलाको मृत्युको घटना रहस्यमय भएको छ । राजधानी पेरिसनजिकको ला कुर्नभ भन्ने स्थानमा ३ असोजमा मृत अवस्थामा भेटिएकी सानुमाया श्रेष्ठको मृत्युको कारण पहिचान हुन सकेको छैन । साथै, उनको परिवारका सदस्यहरूसँग पनि सम्पर्क हुन नसकेको फ्रान्सस्थित नेपालीहरूले बताएका छन् ।

२५ वर्षीया सानुमायाको राहदानीमा नेपालको ठेगाना भने सर्लाही उल्लेख गरिएको छ । घटना भएको १० दिन भइसक्दा पनि फ्रान्सस्थित नेपाली सोसाइटीले परिवारका सदस्यहरूको पहिचान गर्न सकेको छैन । अहिलेसम्म परिवारका सदस्यहरूसँग सम्पर्क हुन नसक्दा उनको शव व्यवस्थापनमा पनि समस्या भएको बताइएको छ ।

श्रेष्ठको माइती सर्लाही र श्रीमानकाे घर मकवानपुर भनिए पनि थप विवरण भने खुलेको छैन । श्रेष्ठको परिवारका सदस्यसमेत पहिचान हुन नसक्दा समस्या भएको फ्रान्सबाट लेखक अनुराधा पौडेलले जानकारी दिइन् । शिलापत्रसँगको कुराकानीमा पौडेलले श्रेष्ठको मृत्युको विषयमा विभिन्न हल्लाहरू फैलिएको तर परिवार पहिचान नभएका कारण फ्रान्सको प्रहरीसँग सोधखोज गर्न पनि समस्या भएको बताइन् ।

उनले भनिन्, ‘कोही झुन्डेर मरिन् भन्छन्, कोही बलात्कार भयो अनि झुन्डाएर मारियो भन्छन् । विभिन्न खालका हल्लाहरूमात्रै भइरहेको छ । हामीलाई परिवारको अनुमति नभइकन प्रहरीसँग सोधखोज गर्ने अनुमति हुँदैन ।’

३ असोजमा बिहान डेरा अगाडि रुखमा झुण्डिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो । खादाको पासो लगाएको अवस्थामा श्रेष्ठको शव भेटिएको बताइएको छ । पौडेल भन्छिन्, ‘खादाको पासो लगाएर आत्महत्या गरेको कसैले पनि पत्याएका छैनन् । खास कारण केही पनि खुलेको छैन ।’

श्रेष्ठ फ्रान्स गएको करिब ३ महिना भएको थियो । उनी त्यसअघि पोर्चुगलमा रहेको पनि बताइएको छ । फ्रान्स आए पनि उनले फ्रान्समा बसोबासका लागि अनुमति भने पाएकी थिइनन् । सर्लाही घर भएकी श्रेष्ठको परिवार पहिचान गर्न समस्या भएका कारण फ्रान्सस्थित नेपाली सोसाइटीले उनको शव व्यवस्थापनमा केही पनि गर्न नसकेको पौडेलको भनाइ छ ।

पौडेलले भनिन्, ‘परिवार पहिचान नभएका कारण नेपाली सोसाइटीलाई शव व्यवास्थापनमा अप्ठेरो परेको छ किनभने परिवारको अनुमति नभइकन फ्रान्समा कुनै पनि काम गर्न सकिँदैन ।’ फ्रान्समा रहेका नेपालीको भनाइमा फ्रान्स प्रहरीले अनुसन्धान सकेर अन्त्येष्टि को लागि परिवारसँग सम्पर्क गर्न खोजिरहेको छ । परिवार सम्पर्कमा नआएमा फ्रान्स प्रहरी आफन्तबिनाको अन्त्येष्टि प्रक्रियामा जाने भएकोले फ्रान्सका नेपालीहरू उनको परिवार खोजीमा लागेका छन् । sorce shilapatra.com

Post Views: 167

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme