Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने

Posted on September 28, 2022

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हो।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

पहाडी क्षेत्रको प्रवेशद्वारः दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै
त्रिवेणी, १२ असोज (रासस)ःनवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो ।

पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
नवलपुरसहित पाल्पा र तनहुँका कालीगण्डकी नदी आसपासका क्षेत्रका लागि समेत यही बाटो हुँदै यातायात सञ्चालन हुने गर्दछन् ।

पहाडी क्षेत्रबाट आवतजावत गर्ने मुख्य बाटो भए पनि साँघुरो हुँदा समस्या पर्दै आएकाले यसको विस्तारको काम हुनलागेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “यो पहाडी क्षेत्रको आवतजावत गर्ने मुख्य बाटो हो, तर साँघुरो हुँदा सवारी सञ्चालनमा कठिनाइ छ” नगरप्रमुख न्यौपानेले भन्नुभयो, “कम्तीमा दुई लेनको बनाएपछि यातायात सञ्चालनमा सहजता हुने छ ।”

पहाडी क्षेत्र मुख्य प्रवेशद्वारसँगै पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको देवचुलीको कुमसोतका कारण यस खण्डमा सवारी चाप बढ्दै गएको छ । बाटो दुई लेनमा विस्तारले दुर्घटना न्यूनीकरणका लागि समेत सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

दलदले–मुण्डे हुँदै कुमसोतसम्मको करिब १० किलोमिटर सडकखण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत करिब १० किलोमिटर सडकखण्ड विस्तारको काम अघि बढाउन लागिएको हो । बाटो विस्तारका क्रम सुरु गर्न लागिएकाले बाटोको अधिकार क्षेत्रभित्रका संरचना हटाउन नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

जिल्लास्तरीय सडकका रूपमा रहेको यस खण्ड विस्तारको काम अघि बढाउन लागिएकाले बाटो अधिकार क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ । सडक विस्तारका लागि बोलपत्र प्रक्रियामा गएकाले चाँडै काम सुरु हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । दलदले–कुमसोत सडकखण्ड विस्तारका लागि हाल रु दुई करोड ५० लाख विनियोजन गरिएको छ ।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme