Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको घर बनाइदिने सन्तोष सेनको घोषणा

Posted on September 28, 2022

काठमाडौ । २०७७ सालमा नेपाली फिल्मले एउटा सिर्जनशिल लेखक तथा निर्देशक छेतन गुरुङलाई गुमायो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता फिल्मको पटकथा तथा संवाद लेखेका उनले ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा हात हालेका थिए । आफूले परिकल्पना गरेर निर्देशन गरेको ड्रिम प्रोजेक्ट ‘प्रेमगीत ३’ भने उनले हेर्न पाएनन् । यो फिल्मको पटकथा तथा संवाद उनकै हो ।

‘प्रेमगीत ३’ हिन्दीमा डब भएर यतिबेला भारतमा समेत प्रदर्शन भइरहेको छ । यो क्षण एउटा नेपाली निर्देशकका लागि ठूलो सपना हो । तर, उनले आफ्नो सपना पूरा भएको पनि देख्न पाएनन् । फिल्मका हरेक गतिविधिमा निर्मातादेखि कलाकारसम्मले उनलाई सम्झिने गरेका छन् । गत हप्ता काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङलाई सम्झिएर फिल्मको टिम भावुक भएको थियो ।

‘प्रेमगीत ३’को काम भइरहँदा गुरुङले निर्माता सन्तोष सेनलाई आफ्नो घरायसी जीवनको बारेमा पनि बताउने गरेका थिए । आफ्नो एकतले घरलाई दुईतले बनाउने उनको सपना थियो । अब निर्देशक गुरुङको त्यो सपनालाई निर्माता सेनले पूरा गर्ने भएका छन् । सेनले आइतवार मिडिया र निर्देशक गुरुङको आमालाई साक्षी राखेर फिल्मले नकमाए पनि घरको तल्ला थपिदिने घोषणा गरे ।

उनले भने, ‘छेतन दाईले छाड्नुभएको सृजना अहिले विश्वमा लागेको छ । यस्तो सृजना भएको मान्छे जन्माउनु भएकोमा आमालाई धेरै-धेरै धन्यवाद । एकतले घरलाई दुईतला बनाउने छेतन दाईको सपना थियो । म आज आमाको अगाडि भन्छु कि फिल्मले भलै पैसा नकमाओस् तर हजुरको घर बन्छ ।’ निर्माता सन्तोष सेनको यो घोषणा निर्देशक छेतन गुरुङप्रति वास्तविक श्रद्धाञ्जली हो ।

Post Views: 115

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme