Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रचण्डको चितवनको यो घरबारे बुझ्नुपर्ने ६ कुरा

Posted on September 29, 2022

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नयाँ घरमा सरेका छन् । सोमबार प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा बाजागाजासहित सरेका हुन् ।

काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन् । अस्वस्थ रहेकी पत्नी सीतालाई चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेको प्रचण्डको सचिवालयले जनाएको छ । तर प्रचण्ड भरतपुरमा बनेको नयाँ घरमा बस्न नसक्ने टिकाटिप्पणी भएको छ ।

यस्तो छ प्रचण्डको चितवनको घरबारे पत्रकार भानुभक्त आचार्यको ६ टिप्पणी:१. पहिलो कुरा त प्रचण्ड यो घरमा बस्न सक्दैनन् — कारण डर । जनयुद्धको रापतापका कारणले हुनसक्ने प्रतिहिंसा । उनी सकेसम्म बढी औपचारिक र छद्म सुरक्षाकर्मीहरू लिएर मात्रै हिड्छन् । ती सबैको व्यवस्थापन यो घरमा हुनसक्दैन ।

२. दोस्रो, दर्जनौं ठाउँको ठेक्का अलपत्र पारेर पैसा मात्रै पोको पार्ने शारदाप्रसाद अधिकारीले प्रचण्डलाई यो घरमा बस्न दिँदैनन् । नत्र उनको ठेकेदारी साम्राज्य ढल्छ । त्यो ढल्नु भनेको माओवादी केन्द्रको आर्थिक स्रोत कमजोर हुनु हो ।

३. तेस्रो, प्रचण्डको वैध आम्दानी भन्दा खर्च धेरै छ । राज्यको कुनै निकायले इमान्दारीपूर्वक यो घर बनाउने स्रोत खोज्नु हो भने प्रचण्डलाई कानुनी अप्ठेरो पर्छ ।

४. चौथो, झण्डै तीन दशकयता नेकपा माओवादी केन्द्र (र यसका विगतका विभिन्न संस्करणहरूको) अध्यक्ष रहँदा त्यस पार्टीको एउटा मुख्य नारा भनेको केन्द्रीय नेताहरूको व्यक्तिगत सम्पति नहुनु । सबै राज्यका नाउँमा हुनुपर्छ भन्ने अडान । प्रचण्डले समेत घर बनाए पछि माओवादी केन्द्र त्यो अडानबाट पूर्ण विचलित भएको भन्न सकिन्छ ।

५. पाँचौं, राजा महिन्द्र मल्लले काठमाडौंका सबै जनताले खाना खाइसकेपछि मात्रै आफू खाना खाने चलन बसाले जस्तै प्रचण्डले सानो घर बनाएर नेकपा माओवादीका सबै नेता–कार्यकर्ताले कम्तिमा यौटायौटा घर बनाउन सकेको र युद्धपछिको समयमा न्यूनतम समृद्धि हासिल गरेको सन्देश दिन पनि सक्छ ।

६. छैठौं, यो घर अब आउने आमचुनावमा चितवनको जनतालाई झुक्याउने राजनीतिक प्रोपगन्डा मात्रै नबनोस् । प्रचण्डले आफ्नो बाँकी जीवन यही घर र आसपासमा सत्सङ गरेर बिताउन् ।

Post Views: 37

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme