Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कार्यालयमै चुरोटको मस्ति लिदै वडा सचीव साब !

Posted on September 29, 2022

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घटना बाहिर आएको छ ।कार्यालय समयमै वडा सचिव अजय बहादुर सिंहले चुरोटको आनन्द लिइरहेको तस्बिर यति वेला सामाजिक सञ्जालमा भाइरलको बनेको छ ।

वडा सचिव सिंह गल्तीको आत्मालोचना गर्नुको साँटो उनै फेरि आक्रोशमा उत्रिएका छन् ।उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एक जना युवालाई तथानाम गाली समेत गरेको भिडिओ बाहिर आएको छ ।

तिनै वडा सचिव सिहँमाथि किर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।त्यसै गरी सरकारी सम्पत्तिको दुरुपयोग, मालिका हाते कागजमा ब्रह्म लुट मच्चाएको लगायतका आरोप सिंहमाथि यसअघि लाग्दै आएका थिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूम्रपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु १०० जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।सरकारी वा सार्वजनिक जबाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजाय समेत हुनसक्ने समेत ऐनमा व्यवस्था गरिएको छ ।

यता जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज वजालले भने यो विषमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले नगरपालिकामा कुनै जानकारी नभएको र कार्यालयमा नै सरकारी सेवामा आसीन भएको व्यक्तिले धूम्रपान तथा मद्यपान सेवन गर्नु गलत भएको कारण यस विषयमा आफूले छानबिन गर्ने मेयर बजालले बताए ।

Post Views: 90

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme