Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

थोरै पैसा हुनेलाई मोटरसाइकल दिने यामाहाको नयाँ स्कीम

Posted on September 30, 2022

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालमा लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले ‘लोन मेला’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई सहज हुने डाउन पेमेन्ट छानेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको छ । यसलाई नै लोन मेला नाम दिइएको हो ।

चाडपर्व लक्षित यो लोन मेलामा ग्राहकले २० प्रतिशत डाउन पेमेन्टदेखि नै मोटरसाइकल तथा स्कुटर किन्न सक्नेछन् ।

यो लोन मेला मोटरसाइकल खरिद गर्ने ग्राहकले १८ महिना र २४ महिनाको किस्ता अवधि छनोट गर्न पाउनेछन् । यो स्कीममा १८ महिनाको लोन अवधि राख्दा १३ प्रतिशत र २४ महिनाको अवधि राख्दा १४ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।

यामाहाको लोन मेला स्कीम अन्र्तगत यामाहा एफजेडएस भी २ खरिद गर्दा ६९ हजार ५८० रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । यो डाउन पेमेन्ट रकम २० प्रतिशत हो । यो मोटरसाइकलको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।

डाउन पेमन्ट पश्चात् बाँकी ८० प्रतिशत रकम ग्राहकले १८ महिना र २४ माहिनाको किस्तामा तिर्ने सुविधा प्राप्त गर्छन् । १२ महिनाको अवधिमा लाग्ने मासिक किस्ताको बारेम बुझ्ना यहाँ क्लिक गर्नुहोल त्यस्तै, २४ महिनाको किस्तामा मोटरसाइकल किन्न चाहनेले मासिक किस्ता बुझ्न यहाँ क्लिक गर्नुहोला ।

यसमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएचपी तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकमा फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।-मेराेअटाे

Post Views: 30

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme