Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१ कठ्ठा जग्गा भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा नयाँ घर ?

Posted on September 30, 2022

काठमाडौँ असोज १०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन् । भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन् । यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन् ।

प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन् । काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्।

उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन् ।

देश बचाउन मलाई प्रधानमन्त्रीको अफर आयो – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उहाँले भन्नुभयो, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उहाँले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताउनु भयो ।

‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उहाँले भन्नुभयो ।

Post Views: 51

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme