Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पर्यटकलाई हिमाल देखाउने सुदीप गौतमको भीरबाट लडेर गयो ज्यान, जस्को छ यति ठूलो योगदान

Posted on October 2, 2022

तनहुँ – पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ वर्षीय सुदीप गौतमको भीरबाट लडेर ज्यान गएको छ ।मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रवार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर गाैतमकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।

गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आउनु भएकाे थियाे । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न जानु भएको थियो । लडेर गौतमको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै नजिक रहेकाहरुले उद्धार गरेर ल्याए पनि उहाँको बाटोमा नै ज्यान गएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

गौतमको शवलाई शनिवार बिहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवर्द्धनमा ठूलो भूमिका खेल्नु भएको थियो ।
गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । गौतमको परिवारमा बुवा, आमा, श्रीमती एक छोरी र छोरा छन् ।

Post Views: 26

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme