Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

४० करोडको चिट्ठा जितेका अटो चालक ‘दिक्क’, भन्छन्–मैले नजितेको भए हुन्थ्यो

Posted on October 2, 2022

काठमाडौं । एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन् ।दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए।

तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। “मैले नजितेको भए हुन्थ्यो,” उनले भने, “बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।”अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्।

उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो। उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो।

छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए। उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो। “जितेपछि म ज्यादै प्रसन्न भएको थिए,” उनले हालैको एउटा भिडिओमा भनेका छन्, “घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।”

तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन्। “म घरबाट बाहिर निस्कन सक्दिनँ। म कतै जान सक्दिनँ। मेरो बच्चा बिरामी छ तर म उसलाई अस्पतालसमेत लैजान पनि सक्दिनँ।” सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए।

“सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन। मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,” उनले भने। अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्तहरूकोमा बसिरहेका छन्।

राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोजना गर्ने बताएको छ। बीबीसी

Post Views: 32

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme