Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जानिराख्नुस यी हुन् सहजै साङ्ला भगाउने घरेलु उपाय

Posted on October 2, 2022

गर्मी मौसम छ, तपाईको भान्साकोठा, वा घरमा साङ्ला हुनुपर्छ । यो मौसममा घरमा, खासगरी भान्सामा साङ्लाको उपस्थिति बाक्लो हुन्छ । साङ्लाका कारण खानेकुराहरु दुषित हुन्छ । घरमा जथाभावी फोहोर बनाउँछ । जसका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ ।

साङ्लाले विद्युतिय उपकरणमा समेत समस्या उत्पन्न गराउँछ । बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकार पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय:-

तेजपत्ताको प्रयोग: तेजपत्ताको बास्नाले साङ्ला भाग्ने गर्छन् । घरको जुन ठाउँमा बढी मात्रामा साङ्ला देखिन्छन्, त्यही ठाउँमा तेजपत्ताको धुलो राख्ने गरेमा यसको बास्नाले साङ्ला भाग्ने गर्छन् । बेकिङ पाउडर र चिनी: यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।

ल्वाङ: ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।बोरेक्स पाउडरको प्रयोग: साङ्ला बढी आउने ठाउँमा बोरेक्स पाउडर छर्नाले पनि साङ्ला चाँडै भाग्ने गर्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुने भएको हुँदा बालबच्चालाई टाढै राखेर यसको प्रयोग गर्नु उत्तम मानिन्छ ।

मट्टितेलको प्रयोग: मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि । रेड वाइन: भान्सा घरमा भएका साङ्ला भगाउनको लागि एउटा कचौरामा थोरै रेड वाइन राख्नुस् । यसको बास्नाले लुकेका साङ्लाहरु बाहिर निस्किनुका साथै भाग्ने र मर्ने गर्छन् ।

अण्डाको बोक्रो: अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । तर, अण्डाको बोक्रा यत्तिकै फ्याकिन्छ, यदि यसको सही प्रयोग गर्नुभयो भने साङ्ला धपाउन सकिन्छ । अण्डाको बोक्रा कुनै कुनामा राखेमा त्यसबाट आउने स्मेलले पनि साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् । त्यस्तै, लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ ।

उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ । पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

Post Views: 70

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme