Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आइएमईबाट नौ करोड चाेरी

Posted on October 3, 2022

काठमाडाैँ – ताप्लेजुङमा रहेकाे एक आइएमईबाट करोडौँ रुपैयाँ चाेरी भएकाे छ । जिल्लाको विरेन्द्रचाेकमा रहेको आइएमई मनिट्रान्सफरबाट नाै कराेड रकम चाेरी भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज साेमबार बिहान करिब ९ बजेकाे समयमा अम्बर श्रेष्ठको आइएमईबाट साे रकम चाेरी भएकाे हाे ।

आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजोदेखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो । आज बिहान पनि करिब ९ बजेर १८ मिनेट तीर फोन आएको थियो ।

फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरू आइएमइ छिरेका थिए । तीमध्ये तीन जना आएर आशामायाको मुख, आँखा, हात, खुट्टामा टेप लगाएर लुटपाट गरेकाे आशामायालाई उदृत गर्दै प्रहरीले जनाएकाे छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पैसा र सुन गरेर करिब ९ करोड बराबरको धनमाल लुटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वास्तविक तथ्यांक आइसकेको छैन ।

प्रहरीका अनुसार लुटेराहरूको खाजीकार्य भइरहेकाे छ ।

Post Views: 27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme