Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

धेरै नेपाली फिल्मको अफर किन अस्विकार गरिन् अदिति बुढाथोकीले ?

Posted on October 4, 2022

काठमाडौँ – मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै हुनहुन्छ । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गर्नुभएकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गर्नुभएन । “म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँ नेपालबाटै मोडलिङको सुरुआत गरेर उहाँ भारतस्थित मुम्बईमा काम गरिरहनुभएको छ । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उहाँ मुम्बईमै मोडलिङ गरिरहनुभएको छ । “मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु”, उहाँले भन्नुभयो ।

यहाँको ‘वर्किङ कल्चर’ले उहाँलाई समस्या पार्ने रहेछ । उहाँ भन्नुहुन्छ, “हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो । काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उहाँको बुझाइ छ । उहाँले डेब्यु फिल्ममा छायाङ्कनका लागि पटकपटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको थियो ।

यही कारण पनि दोस्रो फिल्म उहाँले होम प्रोडक्सनकै गर्नुभयो । “म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ”, अभिनेत्री बुढाथोकीले भन्नुभयो ।

Post Views: 82

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme