बिहे नै नगरी गायक राजेशपायल राई बुुवा बनेको खबर पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ । सेलिब्रेटीको बाहिरबाट हेर्दा देखिने अर्थात उनीहरुले देखाउने जीवन र भित्री जीवन कस्तो हुँदो रहेछ भन्ने उदाहरण यस घटनाले प्रष्टैसँग देखाएको छ ।
हिजोका दिनसम्म राईले आफूलाई अविवाहित व्यक्तिका रूपमा प्रस्तुत गरिरहेका थिए । तर, उनलाई पुत्रलाभ भएको खबरले सबैलाई आ’श्चर्यमा पारिदिएको छ ।
आफूभन्दा निकै कम उमेरकी युवतीसँग राजेशपायल ‘लि’भ इन’ मा रहेको गाईंगुईं करिब एक वर्षदेखि चलिरहेको थियो । तर उनले कतै पनि यो विषयमा मुख खोलेनन् । बरु सबै अन्तरवार्ताहरुमा उनले आफू ‘सिं’गल’ नै रहेको र विवाहका लागि उचित क्या’न्डिडेट खोजिरहेको बताउने गर्थे ।
यता राजेशपायलकी प्रेमिका साङबुङ भने आफूहरुबीचको सम्वन्ध बाहिर ल्याउन व्यग्र थिइन् । उनी बेलाबखत राजेशपायलसँगका तस्वीरहरु टिकटकमा सेयर पनि गर्ने गर्थिन् । तर, उनले पनि आफूहरु प्रेमी–प्रेमिका भएको जनाउ दिन सकिनन् । अत्यन्त निकटस्थहरुलाई बाहेक उनीहरुको सम्वन्धका विषयमा सबै अनभिज्ञ नै थिए ।
राजेशपायलको सन्दर्भमा चर्चामा रहेको प्रसंग उमेर अन्तराल पनि छ । कतिपयले यो अ’नमेल विवाह भएकाले राजेशपायल स’मस्यामा पर्न सक्ने आशंमा पनि गरिरहेका छन् । राजेशपायल उमेरले ४७ वर्षको रहेको निकटस्थहरु बताउँछन् । साङबुङसँग उनको झण्डै २७ वर्षको अन्तराल देखिन्छ ।
देशको विद्यमान कानूनले केटा र केटीबीच यति नै उमेर अन्तर हुनुपर्ने भनेर कुनै सीमा निर्धारण गरेको पाईंदैन । यसअघि प्रचलित मु’लुकी ऐनमा उमेरको अधिकतम अन्तराल २० वर्ष तोकिएको थियो ।
त्योभन्दा बढी अन्तरमा विवाह भए दण्ड’नीय मानिन्थ्यो । तर, अहिलेको मुलुकी अप’राध सं’हितामा त्यस्तो व्यवस्था राखिएको छैन । त्यसैले उमेर अन्तरले मात्रै राजेशपायलको विवाहमा रोकावट उत्पन्न हुँदैन ।
कानूनविद लव मैनाली केटा र केटी दुवैको उमेर पुगेको र आपसी समझदारी भएको अवस्थामा विवाहअघि सन्तान जन्मिनु ठूलो इस्यू नहुने बताउँछन् ।
उनले भने, ‘सामाजिक हिसाबले विवाह अगाडि बच्चा जन्माउनु राम्रो मानिँदैन । तर, लिभ इनमा बसेका केटा र केटीको आपसी समझदारीमा सम्वन्ध भएर सन्तान जन्मिँदा त्यसले कुनै कानूनी समस्या चाहिँ खडा गर्दैन । उमेर नपुगेको भए बेग्लै कुरा हो ।’
साङबुङले हालै सार्वजनिक गरेको टिकटक भिडियोमा आफूहरुलाई ‘हसबेन्ड–वाइफ’ का रुपमा उल्लेख गरेकी छिन् । उनले सार्वजनिक गरेका तस्वीहरु हेर्दा साङबुङबाट जन्मेको छोरालाई राजेशपायलले आफ्नो सन्तानका रुपमा स्वीकारेका छन् । यद्यपि, सार्वजनिक रुपमा भने उनले अहिलेसम्म कतै पनि साङबुङसँगको सम्वन्धबारे बोलेका छैनन् ।
स्रोतका अनुसार राजेशपायल र साङबुङलाई भएको सन्ताप्राप्त योजनावद्ध नभएर आक’स्मिक हो । प्रे’ग्नेन्ट भइसकेपछि साङबुङ राजेशपायलको घरमा आएर बस्न थालेकी हुन् । उनले धुम्बाराहीको हेम्स अस्पतालमा नियमित स्वास्थ्य’ परिक्षण गराइरहेकी थिइन् ।
करिब दुई महिना अगाडि उनले सोही अस्पतालमा सन्ता’न लाभ गरिन् । अस्पताल स्रोतका अनुसार त्यसबखत उनलाई एकदमै कडा निगरा’नीमा राखिएको थियो । जोकोहीलाई भेट्न दिईंदैनथ्यो ।