Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नारायणगढ-मुग्लिन सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान

Posted on October 4, 2022

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खस्दा एक दम्पती सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट झापातर्फ जाँदै गरेको बा १० च ४५५४ नम्बरको कार सोमबार बिहान आफैँ अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा कार चालक झापा दमक नगरपालिका ३ बस्ने ५२ वर्षीय लीला भट्टराई र कारमा सवार उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल सामान्य घाइते भएका हुन् ।

दुर्घटनापश्चात उनिहरुले बचाउनका लागि स्थानियलाई हार गुहार गरेका थिए । पौडी खेल्न जानेका लीला भट्टराई बाहिर निस्कने प्रयास गरिरहेका थिए । सोही क्रममा स्थानियहरु नदीमा पुगेर दम्पतीको उद्धार गरे ।

कार भने त्रिशूली नदीमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

Post Views: 77

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme