चितवन – दसैंको टीकाको दिन चितवनमा स्कार्पियोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाँउपालिका ५ का ४८ बर्षीय मित्रलाल पङगेनी रहेका छन् ।
आज (बुधबार) बिहान ९ः३५ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५ च ७४७९ नम्बरको स्कारपियोले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक पङगेनी गम्भीर घाइते भएका थिए ।
उनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा १०ः३५ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ४० बर्षिय राधा पङगेनी घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । स्कारपियो र चालकलाई चितवन प्रहरीले नियन्त्रणमा रहेका छन् ।