Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट झरनाको मृत्यु

Posted on October 6, 2022

२० असोज,बुटवल । रुपन्देहीमा कारले स्कुटरलाइ ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठ्क्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ध्यनरत थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

Post Views: 50

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme