चाडपर्वहरुमध्ये एउटा छुट्टै आनन्द महसुस गराउने ‘दशैं’को टीका सुरु भैसकेको छ । बिगतका २ वर्ष कोरोनाका कारण उत्साहपुर्ण देखिएन । यसपटक भने हिन्दु नेपालिहरु माझ दशैं उत्साहजनक देखिएको छ ।
हर्ष, उल्लासका साथ आउने र मनाउँने दशैंमा नेपाली कलाकारहरु पनि फुर्सद मिलाएर आफ्ना आफन्तजनसंग छन् । मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद थाप्न साइतमै तयारी भए ।
केही कलाकारहरू ले भने समयमै साइतको टीका आफ्ना मान्यजन बाट लगाउन पाएनन् । यस्तैमा भर्खरै विवाह बन्धनमा बाधिएका लोकप्रिय गायक कमल खत्री र गायिका मेलिना मैनालीले पनि दशै परिवारसंग खुशीसाथ मनाएका छन् । यी २ को विवाह पश्चात् पहिलो दशै हो । हेर्नुस् तस्वीरहरु :