Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हरिवंशले स्वर्गीय श्रीमती मिराको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिएको दृश्यले धेरैलाई भावुक बनायो

Posted on October 6, 2022

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिनुभएको छ । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिनुभएको छ ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिनुभएको छ । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनुहुनेछ ।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गर्नुभएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गर्नुभएको छ ।

यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिनुभएको छ । “तराई गएर अन्य मान्यजनबाट टिका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उहाँले सामाजिक सञ्चालमा लेख्नुभएको छ ।

Post Views: 60

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme