काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने चढेको जहाज अवतरण हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे अवतरण हुने भनिएको विमान मौसमका कारण अवतरण हुन नसकेर आकासमै फन्को मारिरहेको छ।
एक नाबालिगले बलात्कारको आरोप लगाएपछि सन्दीपले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने छन् । उनी लामो समयदेखि देश बाहिर रहेका थिए । सन्दीपले नेपाल पुगेर आफू विरुद्ध लागेको झुट्टा मुद्दाको सामना गर्ने बताएका छन् ।