पोखरामा भीरबाट चिप्लिएर अड्किएकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
बुधबार राती करिब २१:३० बजे पोखरा महानगर वडा नं. १ जौवारी नजिकको भीरमा अचानक चिप्लिएर अड्किएकी २४ वर्षीया दुर्गा श्रेष्ठको प्रहरी टोलीले उद्धार गरेको छ । गोरखा घर भई पोखरा-१६ दीपमा बस्दै आएकी श्रेष्ठको प्रहरी टोलीले करिब ३५ मिनेटको प्रयास पछि उद्धार गरेको थिए ।
घटनाको जानकारी पाए लगत्तै उद्धारका लागि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायब निरीक्षक मणि प्रताप थारूको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । उद्धारपश्चात उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको श्रेष्ठ आज एघार बजे डिस्चार्ज भएको पनि प्रहरीले उल्लेख गरेको छ ।