Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीपका वकिल भन्छन्- सिंगै राज्यसत्ता उनकोविरुद्ध लाग्यो, हामीसँग भेट्न समेत दिएन (भिडियो सहित)

Posted on October 6, 2022

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको आशंका व्यक्त गरेका छन्।

सन्दीपले आफ्ना वकिलमार्फत प्रहरीमा आत्मसमर्पण गर्न खोजे पनि उनलाई विमानस्थलबाट हतकडी लगाएर सिधै गौशाला चौकीको हिरासतमा लगिएको उनले बताए।

कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको उनले बताए। वकिलले भेट्न निवेदन लेख्नुपर्ने प्रहरीले बताएको थियो। सन्दीप निकै निराश, हताश र राज्यनै उनको विरुद्ध लागेको मनस्थितिमा रहेको घिमिरेले बताए।

उनले यसो भने-
कानुनी प्रकिया शुरु भएको छैन। सन्दीप लामिछानेले आज आफूलाई गौशाला प्रहरीसँग आत्मसमर्पण गर्ने योजना थियो। उहाँले पहिले नै पत्राचार गरेर म समर्पण गर्दैछु भनेर गौशाला प्रहरी वृतमा खबर गरिसक्नुभएको थियो। उहाँको कानुन व्यवसायी भएको नाताले मलाई पनि यो प्रकियामा आइदिन आग्रह गरेको थियो।

कुराकानी भएअनुसार म विहानै यहाँ (गौशाला प्रहरी वृत) आए र गौशाला प्रहरीको टोली पहिले नै एअरपोर्टमा बसिसकेको हुनाले त्यहाँ जान सम्भव रहेन। उहाँले यही भेट्न सकिन्छ भनेको भएर यही कुरेर बस्यौ। जहाज केही समय आकाशमै फन्को लगायो। उहाँ आइसकेपछि पक्रेर ल्याउनुभयो । भेट्न दिइएन।

एउटा निवेदन लिएर आउनुस् भनेको भएर निवदेन लिएर आउँदा आउँदै सन्दीपलाई मेडिकलको लागि लगेको थाहा पाए। करिब डेढ दुई घण्टा मेडिकल गर्न लाग्ने भन्ने बुझियो। सन्दीप लामिछानेले यो अनुसन्धानमा आफूले सहयोग गर्छु भन्नुभएको छ। र उहाँलाई सहयोग गर्न पनि हामीले कानुनी प्रकिया अगाडि बढाउँछौं।

अहिले त उहाँहरुले मेडिकल गर्नुहुन्छ होला त्यसपछि उहाँलाई म्याद थप गरेर बयान लिने काम हुन्छ। हामीले बुझे अनुसार अदालत बन्द भएकाले उनलाई यही गौशाला प्रहरी वृतमा राखिन्छ। प्रहरीले गोपनीयता कायम गरेको देखिएन सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले उहाँले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरिराख्नुभएको छ।

हेर्नुहोस यो भिडियो

Post Views: 31

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme